मिस्टर एण्ड मिस एसईईका प्रतिस्पर्धीलाई खानपीन शैलीको प्रशिक्षण

नेपालगञ्ज । तेस्रो मिस्टर एण्ड मिस एसईई नेपालगन्जको फाइनल चरणमा पुगेका ८ जना प्रतिस्पर्धीहरुलाई खानपिन शैलीको बारेमा प्रशिक्षण दिईएको छ ।

प्रशिक्षण कार्यक्रमअघि शुक्रबार निलसागर सेवा आश्रममा मिस्टर एण्ड मिस एसईईको समुद्घाटन समारोह सम्पन्न गरिएको थियो । समुद्घाटन कार्यक्रममा कौशल सिटी मार्टका संचालक प्रितम राज कौशल र ऋषिराज ट्रेडर्सका संचालक ऋषिराज कौशलको उपस्थिती रहेको थियो ।

यसैगरी फाइनल चरणमा पुगेका प्रतिस्पर्धीहरुलाई ब्राइटल्याण्ड कलेजका बिएचएम विभागका संयोजक सुवेश श्रेष्ठले खानपिन शैलीको बारेमा प्रशिक्षण दिनुभएकाे थियाे ।

पिके इभेन्ट्सको आयोजनामा हुन लागेको तेस्रो मिस्टर एण्ड मिस एसईईको फाइनल कार्यक्रम असार ८ गते हुँदैैछ । आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुवँरका अनुसार फाइनल चरणमा पुगेका प्रतिस्पर्धाहरुलाई फोटो सुट, सामाजिक कार्य, खेलकुद, शौन्दर्यकला लगायतका बारेमा प्रशिक्षण दिईनेछ ।

कौशल सिटी मार्टको मुख्य प्रायोजन, ऋषिराज ट्रेडर्सको सह-प्रयोजन, न्यु राधेश्याम ज्वैलर्सको सहयोग र होलिल्याण्ड माविको एजुकेशन पार्टनरमा हुन लागेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नुहुनेछ ।

नेपालगन्जमा हुने गरेका ब्युटी पेजेन्ट कार्यक्रमहरुमध्ये पिके इभेन्ट्सले गर्ने कार्यक्रम विश्वसनीय र गुणस्तरीय हुने गरेकाले पनि सहभागीका अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष कुवँरले जानकारी गराउनुभयाे ।

Previous articleनेपाली कांग्रेस बाँकेले शनिबार दोस्रो जिल्ला सम्मेलन गर्दै
Next articleग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघको अध्यक्षमा जनक चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here