ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघको अध्यक्षमा जनक चयन

नेपालगञ्ज । ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम बाँके जिल्ला अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा जनक पहराई मगरको नेतृत्वमा २१ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा मोहम्मद फरिलद हरुन, उपाध्यक्ष नवीन शर्मा, सचिवमा रविन पोखरेल, महासचिव सुर्य गिरी, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर, सहकोषाध्यक्षमा दिल बहादुर आले चयन हुनुभएको छ ।

यस्तै सदस्यमा रेवत महतो, रामु गौतम, अशोक गुरुङ, असत तिमिल्सिना, शमशाद शेख, सुरेश कुमार चोधरी, ह्वावेल थारु, राम कुमार थापा मगर, पुर्ण बहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो ।

बाँकेका विभिन्न ठाउँमा ब्यवसायी गरि बसेका सम्पूर्ण ग्रिल, स्टील तथा आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उदेश्य रहेको र सबै आल्मुनियम तथा ग्रिल उद्योगमाथि हुने विभिन्न विभेद, समस्या, अप्ठ्यारो समयमा सहकार्य जस्ता कार्यमा सधै एकजुट हुने प्रतिबद्धतासहित समिति गठन गरिएको अध्यक्ष पहराइ मगरले बताउनुभयो ।

Previous articleमिस्टर एण्ड मिस एसईईका प्रतिस्पर्धीलाई खानपीन शैलीको प्रशिक्षण
Next articleलुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच शिष्टाचार भेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here