तुलसीपुरमा चक्कु प्रहारबाट घाइते एक युवाको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो ।

खडकालाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको हो । खडकाको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार तुलसीपुर उपमहानगर वडा नम्बर ४ गोटीखोलाका २१ वर्षीय पदम केसीले बुधबार मध्यराति खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका थिए ।

घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै बाँकेमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

कलेजबाट खड्कालाई बुधबार बिहान थप उपचारका लागि भारतको लखनउ लगिएको थियो । उपचारका क्रममा बुधबार बेलुकी ७ बजेतिर लखनउमा खड्काको मृत्यु भएको आफन्तहरूले बताएका छन् ।

चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन् । मदिरा सेवन गरेका उनीहरूबीच सामान्य कुरामा भनाभन हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

Previous articleज्यान बचाउन पछि नपर्ने जायसवाल, जसले रच्यो इतिहास
Next articleनेपाली क्रिकेट टोली सुपर ८ को बाटोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here