युवालाई स्वरोजगार र उद्यमशील बनाउन ‘३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम’

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन ‘३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम’ दिएको छ ।

रोजगार सेवा केन्द्रको आयोजनामा नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि नेपालगन्जले तालिम प्रदान गरेको हो । वाइरिङ २० जना र प्लम्बिङ तालिम २० जनालाई दिइएको हो ।

४० जना सहभागी तालिमको आज समापन गर्दै नगर प्रमुख प्रशान्त विष्टले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयाे । उहाँले बेरोजगारी न्यूनीकरण गर्न युवालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न तालिम आयोजना गर्दै आएको बताउनुभयाे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख बहादुर थापाले सिप सिकेपछि त्यसको उपयोगमा ध्यान दिन आग्रह गर्नुभयाे । रोजगार सेवा केन्द्र प्रमुख मन्जु ज्ञवालीले स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि यस प्रकारका तालिम निकै उपयोगी हुने बताउनुभयाे ।

उहाँले पहिलो चरणको तालिम लिइसकेकालाई ‘एड्भान्स्ड’ तालिम दिने योजना समेत सुनाउनुभयाे । तालिममा सहभागीहरुलाई नगर प्रमुख विष्टले प्रमाणपत्र प्रदान गरेको रोजगार सहायक अनुप बर्माले जानकारी दिनुभयाे ।

कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थियाे ।  

Previous articleनेपाली क्रिकेट टोली सुपर ८ को बाटोमा
Next articleजनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार जायसवाल सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here