कांग्रेस बाँकेद्वारा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । हालसम्म भएका प्रगति र पार्टीसंगको समन्वयका विषयमा छलफल आयोजना गरिएको सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

‘प्रमुख, उपप्रमुखले निर्वाचन ताका गरेका प्रतिबद्धता के कति पूरा भए, के कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएको प्रगति, भौतिक र मानवीय विकासको सूचक लगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसंग बैठक गरेका हौं,’ सभापति गौडेलले भन्नुभयो, ‘जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेका छौं, उहाँहरुले अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे हामीलाई जानकारी गराउनुभएको छ ।’

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा अनुसार काम गर्ने कोशिस गरिरहेको उनीहरुको भनाई छ । छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आआफ्नो दुई बर्षे कार्यकालबारे जानकारी गराउनुभएको थियो ।

छलफलमा सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, महासमिति सदस्य लक्ष्मीनारायण शाह, खजुरा सभापति रमेश सिंजाली, जानकी सभापति दयाराम यादव, राप्तीसोनारी सभापति भिम राना क्षेत्री लगायत उपस्थित रहेको कार्यालय सचिव अमित कँडेलले बताउनुभयो ।

Previous articleजनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार जायसवाल सम्मानित
Next articleबैजनाथलाई पूर्ण ‘डिजिटल’ पालिका बनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here