अनुसन्धानका लागि राखिएको विभिन्न परिमाणको लागूऔषध नष्ट

नेपालगञ्ज । बाँके प्रहरीले लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धानका लागि छुट्याइएको लागूऔषधको नमूना नष्ट गरेको जनाएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा विभिन्न समयमा बरामद गरेको लागूऔषधमध्ये अनुसन्धानका लागि केही नमूना संकलन गरेको थियो ।

बाँके प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८०÷२०८१ को हालसम्म लागूऔषध मुद्दा दर्ता भइ बरामद गरिएकोमध्येबाट अनुसन्धानका लागि संकलन गरिएको विभिन्न प्रकारकोे लागूऔषध नष्ट गरिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा विभिन्न अधिकारीहरुको रोहबरमा ९० ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर, २०० एम एल कोरेक्स, २५ ट्याबलेट नाईट्रोजेपाम र ६ ग्राम गाँजा नष्ट गरेको जिल्ला प्र्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

Previous articleशनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै
Next article२० औं विश्व रक्तदाता दिवसः रक्त अभियन्ता सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here