डुडुवामा चार दिन शैक्षिक बिदा

डुडुवा । गर्मी निरन्तर उच्च रहेपछि बाँकेकाे डुडुवा गाउँपालिकाले पुन: शैक्षिक बिदा दिएकाे छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण चार दिन शैक्षिक बिदा दिएकाे हाे ।

जारी सूचनामा अत्याधिक गर्मीका कारण यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरु २०८१ असार २ गते आईतवारदेखि २०८१ असार ५ गते बुधवारसम्म प्रशासनिक कार्य बाहेक शैक्षिक संस्थाहरु बन्द हुने उल्लेख छ ।

गर्मीकै कारण पालिकाले यसअघि पनि विद्यालय बिदा गरेकाे थियाे । जेष्ठ १८ गतेदेखि जेष्ठ २२ गतेसम्म पाँच दिन शैक्षिक संस्था बन्द गरेकाे थियाे ।

Previous articleनेपालगञ्जका युवाहरुले गरे भारतबाट दुई बालकको उद्वार
Next articleसुष्मा कोइरालाका BIT तथा BBA का बिद्यार्थी थप लावंभित हुने अवसर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here