
नेपालगञ्ज । जुम्बातर्फ युवा युवतीको आकर्षण देखिएपछि नेपालगञ्जमा यसको आवश्यकता अनुसार ट्रेनिङ्ग सेन्टरहरु संचालन भइरहेका छन् । जुम्बामा महिलाहरुको उपस्थिति उल्लेख्नीय हुने भन्दै शनिबार नेपालगञ्ज यस्तै एउटा ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ ।
ट्रेनिङ्ग सेन्टरको नेपाल पकार महासंघ बाँके उपाध्यक्ष करुणा शाहले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । उहाँले महिलाहरु जुम्बा गर्न चाहिरहेको भएपनि सिकाउने ठाउँ नभएर एरोविक गर्न बाध्य भएकाहरुले अब जुम्बाको सेवा पाउने बताउनुभयो ।
यो जिल्लामै पहिलो पटक परफेक्ट जुम्बा स्टुडियोका रुपमा संचालन भएको हो । नेपालगञ्जमा हालसम्म जुम्बा सिकाउने ठाउँ नभएकाले आफुले जुम्बा स्टुडियो संचालनमा ल्याएको संचालक ज्याकी बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
बुढाक्षेत्रीले १८ वर्षदेखि जुम्बा सिकाउँदै आउनुभएको छ । करिब ६ वर्ष भारतमा बसेर बुढाक्षेत्रीले जुम्बा सिक्नुभएको बताउनुभयो । “नेपालगञ्जमा यसको आवश्यकता रहेको थियो,” बुढाक्षेत्रीले भन्नुभयो, “यहाँका जिम सेन्टर जुम्बा हुने गरिएको भनिएपनि त्यो जुम्बा नभइ एरोविक हो ।”
नेपालगञ्जको वेष्ट्रर्न मार्टको भवनमा संचालनमा आएको स्टुडियोमा एकदमै सुपथ मुल्यमा जुम्बा, डान्सिङ्ग, मेडिटेशन, हिलिङ्ग पावर र योगा क्लास संचालन गरिने संचालक बुढाक्षेत्रीले जानकारी दिनुभयो । पछिल्लो समय यहाँका जिम सेन्टरहरुमा एरोविक क्लासहरुमा महिलाहरुको आकर्षण बढेको छ ।






