राप्ती सोनारी ६ मा क्यान्सर सम्बन्धि शिविर

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं–६ कमैया डाँडामा क्यान्सर सम्बन्धि एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आयोजना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा एक जना महिलामा क्यान्सरारोग निदान भएको थियो । उक्त शिविरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष लवराज खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका डाईरेक्टर प्रकाश प्रसाद शाहको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. इन्द्रनिल घोस, डा. रबि स्वाँर, डा. खोम बहादुर चौधरी, डा. चिरञ्जीवी चालिसे, डा. रामनाथ वर्मा, प्रशासन प्रमुख सरिता श्रेष्ठ, स्टाफ नर्स सिमरन श्रेष्ठ, अनिता रसाइली, बिनिता खडका खत्री, कुमार चौधरी, खगेन्द्र शाही, मान बहादुर चौधरीले शिविरमा बिरामीहरुको चेक जाँच कार्यमा सहयोग गर्नुभएको थियो ।

शिविरमा ७५ जना भन्दा बढी बिरामीहरुको चेक जाँच गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्रमुख दोलख बहादुर डाँगी, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सरिता सिंह, पूनम थापा, उप–शाखाका भोलियन्टयर भाईबहिनीहरुको सहभागिता रहेको खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीले जानकारी दिनुभयो ।

Previous articleबाँकेको जानकी पूर्ण खोप घोषणा
Next articleनेपालगञ्जमा रोजगार संवाद मञ्च गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here