कोहलपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

काेहलपुर । कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलवार औपचारिक रुपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चिततता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनु भएका चौधरीले सबै बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको पनि उल्लेख गर्नुभयो ।

स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझैपनि खोपप्रतिको धारणा फरक रहेको भन्दै उनीहरुलाई पनि खोपको महत्व र आवश्यकताबारे बुझाउनुपर्ने बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरुलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नियमित खोपका कारण जीवनको आयु लम्विने भएकाले त्यसकोबारेमा आम अभिभावकहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई कोहलपुर नगरपालिकाले मूल्यांकन गरेको पनि उल्लेख गर्नुभयो । छुटेका बालबालिकाहरुले समेत खोप पाएकाले नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताउनुभयो ।

खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने उहाँको भनाइ छ । खोप कार्यक्रम प्रभावकारी गराउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने प्रमुख शाहीले बताउनुभयो । 

कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत विक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक इश्वरी विक, वडा नं.२ मा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज लिला बहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, कोहलपुर नगरपालिका वडा नं.९ का वडाअध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं.१३ का वडाअध्यक्ष डम्वर खड्का, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुती शर्मा, सरला न्यौपाने, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो । 

कोहलपुरसँगै अव बाँकेका ८ वटा पालिकामध्ये ४ वटा पालिका कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । खजुरा, जानकी र बैजनाथ गाउँपालिका यसअघि नै कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् । 

Previous articleनेपालगञ्जमा रोजगार संवाद मञ्च गठन
Next articleबाँकेमा बैदेशिक रोजगारमा ठगी सम्बन्धि ४७ निवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here