बाँकेमा बैदेशिक रोजगारमा ठगी सम्बन्धि ४७ निवेदन

नेपालगञ्ज । बाँकेमा चालु आर्थिक वर्ष २०८०-२०८१ को हालसम्म बाँकेमा बैदेशिक रोजगारको नाममा ठगी भएका ४७ वटा निवेदन परेका छन् । जिल्लामा सुरक्षित बैदेशिक रोजगारका लागि काम गर्दै आएको सुरक्षित अप्रवासन परियोजना (सामी) का अनुसार चालु आर्थिक वर्षको हालसम्म ४७ वटा बैदेशिक रोजगारको नाममा ठगी भएको तथ्याँक रहेको छ । यो परियोजनाको सम्पर्कमा आएका घट्ना मात्र हो ।

गतवर्ष भन्दा यो समस्या बढेको छ । गत ठगी सम्बन्धी १४ वटा घट्ना देखिएका थिए । सामीका अनुसार बैदेशिक रोजगारीमा गएकाहरुध्ये बाँकेका ३ जना हराएका छन् । २९ जनालाई स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । ६ जना जेलमा रहेका छन् भने १८ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका सामीका कार्यक्रम संयोजक कमल सिंह नेपालीका अनुसार २९ जनाको उद्धार भएको छ भने रोजगारीमा जाने बेला भनिएको कामभन्दा फरक काममा लगाइएको र भनिएको भन्दा फरक तलब दिइएको १४ वटा घट्ना रहेका छन् । बुधबार परियोजनाले नेपालगञ्जमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै परियोजनाको उपलब्धी तथा कार्यक्रमबारे जानकारी गराएको हो ।

चालुक आर्थिक वर्षमा बैदेशिक रोजगार सम्बन्धी १४० वटा समस्या देखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा १० लाख ६१ हजार ५ सय ६० जनाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०६४÷२०६५ देखि चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा श्रम स्वीकृति लिएकामध्ये बाँकेमा ११ हजार २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

लुम्बिनीमा सबैभन्दा बढी श्रम स्वीकृति लिने जिल्लामा रुपन्देही रहेको छ । त्यसपछि क्रमश ः दाङ, कपिलबस्तु, गुल्मी र चौथोमा बाँके रहेको छ । रुपन्देहीमा २३ हजार २५९ जना, १५ हजार १०१ र गुल्मीमा ११ हजार १९१ जनाले श्रम स्वीकृति लिएका हुन् ।

सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

सामीले बैदेशिक रोजागारीका कारण सिर्जित मनोसामाजिक समस्यामा परामर्श पनि दिने गरेको छ । चालू आर्थिक बर्षमा नेपालगञ्जमा ३०, कोलहपुरमा ३०, बैजनाथमा ३२ र खजुरामा ३३ जनामा मनोसामाजिक समस्या पहिचान गरी परामर्श गरिएको छ । कार्यक्रममा बैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन भइरहेका प्रयासबारे जानकारी दिनुभयो ।

Previous articleकोहलपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
Next articleरुपैडिहाबाट नेपाली स्कुटी चोरी गर्ने नेपालगञ्जका एक युवक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here