
रुपैडिहा । भारतीय बजार रुपैडिहाबाट नेपाली नम्बरको मोटरसाईकल चोरी गर्ने एक नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार रुपैडिहाबाट नेपाली नम्बरको स्कुटी चोरी गर्ने नेपालगञ्जका एक २८ वर्षीय शफि शेष पक्राउ परेका हुन् ।
शेषले नेपाली नम्बर भे ६ प २७६१ नम्बरको खैरो रंङको स्कुटी चोरी गरेका थिए । चोरी गरेको स्कुटी भारतीय बजार नानपारातर्फ लैजाने क्रममा सोमबार साँझ साढे ६ बजे प्रहरीको चेकिङ्ग देखेपछि शेष स्कुटी मोडेर फिर्ता हुन थालेका थिए । फिर्ता हुने क्रममा शेष लडेपछि प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीले शेषलाई नियन्त्रणमा लिएसँगै स्कुटीको कागजात नपाएपछि थप सोधपुछ शुरु गरेको थियो । शोधपुछको दौरान आफुले रुपैडिहाबाट सो स्कुटी चोरी गरेको स्वीकार गरेका थिए । उनले सोमबार १७ तारिखका दिन रुपैडिहाबाट सो स्कुटी चोरी गरेको बयान दिए । स्कुटी चोरी भएको निवेदनसमेत चौकीमा दर्ता रहेको प्रहरीले जनाएको छ ।
शेषको बयानपश्चात प्रहरीले थप कडाई गरेपछि उनले अर्को एउटा मोटरसाईकल समेत चोरी गरेको खुलाएका छन् । प्रहरीले शेषको बयान अनुसार खोजतलास गर्दा रुपैडिहास्थित रेलवे स्टेशन नजिक खण्डहर घरबाट रातो रङको बजाज डिस्कभर १३५ सिसिको भारतीय नम्बर ःम्द्दम्क्त्व्ल्द्दद्दच्ऋद्यज्ञछद्दज्ञठ को मोटसाईकल बरामद गरेको छ ।
पक्राउ परेका शेषमाथि चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत बहराईच पठाएको भारतीय प्रहरीले जानकरी दिएको छ । गाडी चेकजाँचमा उ.नि सन्तोष कुमार यादव, बिजय कुमार, बाबागंज चौकी प्रमुख राम गोबिन्द बर्मा, का.राहुल सिंह प्रथम, का.आशिष सिंह र का. भरत सिंह यादव खटिनुभएको थियो ।





