
गौघाट । खजुरा गाउँपालिका वडा नं २ स्थित योगिनी माबिमा बिहीबार बाल बिवाह न्युनिकरणमा युवा बिद्यार्थीको भूमिका बिषयक माबिस्तरीय वक्तृत्वकला र कबिता बाचन प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकलामा ९ कक्षाकी पूर्णिमा खडका प्रथम, १० कक्षाका सचिन सुनार द्धितिय, १० कक्षाकै सन्दिप भट्टराई तृतिय हुन सफल हुनुभएको छ भने ९ कक्षाका मिलन खत्रीले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोग, सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) समन्वय र बिद्यालयको आयोजनामा भएको कार्यक्रम अन्तर्गतको निमाबि स्तरीय कबिता बाचन प्रतियोगितामा ८ कक्षाका बिष्णु यादव प्रथम, ७ कक्षाका सुनिल यादव द्धितिय र ६ कक्षाका शुशिल यादव तृतिय हुन सफल हुनुभएको बिद्यालय व्यवस्थापन समितिका सदस्य सियाराम पथिकले जानकारी दिनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष लोकेन्द्र थापाको उपस्थितिमा बालबालिकाहरुको क्षमता अभिबृद्धि हुने उद्देश्यले कार्यक्रम गरिएको स्याक नेपालकी सुपरभाईजर पुष्पा सुनारले बताउनुभयो । बिजयी भएका सबैलाई पुरुस्कृत समेत गरिएको थियो ।





