७० बेडको कोभिड वार्डको निर्माण कार्य अन्तिम चरणमा

नेपालगञ्ज । भेरि अस्पतालमा निर्माणाधिन ७० बेडको कोभिड वार्डको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पतालमा निर्माणधिन कोभिड वार्डको काम अन्तिम चरणमा पुगेको बिहीबार जिल्लास्थित सरोकारवालाको अनुगमन समितिले जनाएको छ ।

कोरोनाको कहर निरन्तर जारी रहेको र सिकिस्त बिरामीहरुलाई व्यवस्थापन गर्ने स्थानको अभाव भएपछि सबैको समन्वय र सहकार्यमा भेरीमा कोभिड वार्ड निर्माण गर्ने सहमति भएको थियो ।

करिब एक महिनाअघिदेखि निर्माण शुरु भएको वार्डको काम अन्तिम चरणमा पुगेको नेपालगञ्जकी उपमेयर उमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण भइहेको वार्डको बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बांग, डा.श्याम सुन्दर यादव, अधिकारकर्मी बसन्त गौतम लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमन टोलीले वार्डको निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको पाएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, राप्ती सोनारी, डुडुवा, नरैनापुर, खजुरा, जानकी गाउँपालिका र जिल्ला समन्वय समितिको संयुक्त १ करोड लगानीमा अस्पतालमा कोभिड वार्डको निर्माण भइरहेको हो ।

Previous articleयोगिनी माबिमा बाल बिवाह बिरुद्ध वक्तृत्वकला
Next articleअछाममा बस दुर्घटना, एकको मृत्यु १७ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here