हिन्दू स्वयंसेवक संघ बाँकेको जिल्ला योजना बैठक सम्पन्न

नेपालगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक सम्पन्न भएको छ ।

संघ बाँकेका जिल्ला संघ चालक (अध्यक्ष) फूलचन्द तिवारीको अध्यक्षतामा, संघका कर्णली, लुम्बिनी प्रदेशका संभाग प्रचारक बिकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा आद्य संचालक डा.केशव वलीराम हेडगेवर, परम पूज्यनीय सदाशिवराज गोलगेवार (श्री गुरुजी) को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

संघ नेपालगञ्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिदैं कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । बालुवाको पिण्ड बनाउँदा जति कठिन हुन्छ त्यति हिन्दूलाई एकत्रित गर्न बडा कठिन हुन्छ । कार्यवाहक (जिल्ला सचिव) धु्रवराज शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संघका बौद्धिक प्रमुख खडग बहादुर बोहराले संघको बारेमा प्रकाश पार्नु भएको थियो भने संघका कर्णाली प्रदेशका संभाग संघ चालक (अध्यक्ष) तथा अधिवक्ता राजेन्द्र यादवले संघलाई कसरी अगाडी बढाउने बारेमा प्रकाश पार्नु भएको थियो ।

विभाग संघ चाकल तथा अधिवक्ता राम कुमार दिक्षितले गाई हाम्रो माता भएको, गाईको संरक्षण गर्नुपर्ने, दूध खाएर गाईलाई बाहिर नछाडौं, हरेक घर–घरमा एक–एक गाई जरुर पालौं, गाईको गोबर र मुत्र पूजामा काम लाग्छ, गाई पाल्दा अक्सिजन मिल्ने, स्वाँस प्रस्वाँसको समस्या नहुने भन्दै गाई पाल्न र संरक्षण गर्न अरुलाई प्ररित गर्नुपर्ने बताउनुभएको थियो ।

जिल्ला संघ चालक तथा अधिवक्ता तिवारीले जिल्ला योजना कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । जिल्ला योजना बैठक २०८१ जिल्ला योजना बैठक असार महिनामा गर्ने, प्रत्येक वडामा श्रीगुरु दक्षिणा समपर्ण उत्सव श्रावण ६ गते देखि भाद्र ८ गतेसम्म गर्ने, रक्षाबन्धन उत्सव भाद्र ३ गते प्रत्येक पालिकामा गर्ने, विजयादशमी असोज २६ गते प्रत्येक पालिकामा शस्त्र पूजन गर्नु, प्रारम्भिक शिक्षा वर्ग ३ दिवसीय गर्ने, जिल्ला वार्षिक उत्सव गर्ने, प्राथमिक शिक्षा वर्ग विशेष सात दिवसीय दायित्वधारी कार्यकर्ता प्रशिक्षण दाङ्ग जिल्लामा हुने भएको छ ।

परिवार मिलन प्रवोधन एवं परिवार मिलन कार्यक्रम, मकर संक्रन्ति प्रत्येक पालिकामा गर्ने, स्वामी विवेकानन्द संस्कृति प्रत्येक पालिकामा गर्ने, वर्ष प्रतिपदा संघ संस्थापक डा.हेडगेवारको जन्मजयन्ती चैत्र १७ गते गर्ने, प्राथमिक शिक्षा वर्गा सात दिवसीय गर्ने, नव वर्ष स्वागत उत्सव प्रत्येक पालिकामा गर्ने, संघ शिक्षा वर्ग १५ दिवसीय गर्ने, दैनिक शाखा, साप्ताहिक शाखा, मासिक शाखा, मासिक दक्षता (अभ्यास वर्ग), बन बिहार कार्यक्रम, कार्यकतार्को ग्रामीण प्रवास, कार्यकर्ता वडा अनुसारस बैठक, प्रत्येक पालिकाको समिति निर्माण, प्रत्येक वडाको संयोजक र सह संयोजकको निर्माण लगायतको योजना रहेको प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नरैनापुर गाउँपालिका संघ चालक अमिरका प्रसाद यादव र जिल्ला कार्य समितिका जिम्मेवारी राप्ती सोनारी गाउँपालिकाका देव बहादुर खाँडलाई दिइएको छ । उहाँहरुलाई जिल्ला संघ चालक (अध्यक्ष) तिवारीले टीका लगाएर स्वागत गर्नु भएकको थियो । कार्यक्रममा (पाखा) ध्वजा रोहण सन्तोष खनाल र नैतिक त्रिपाठीले गर्नुभएको थियो भने कार्यक्रममा संगठनको मन्त्र उच्चारण सन्तोष खनालले गर्नुभएको थियो ।

आकाश तिवारीले धर्मका लागि बाँचौं, बाचौ समाजका लागि गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अजय मौर्या, स्वयंसेवक तथा कार्यालय प्रमुख हीरालाल मौर्या, अशोक मौर्या, पशुपति शिक्षा मन्दिरका प्राचार्य रतन शाही, शिक्षक गौरव जायसवाल, संघका पदाधिकारी, शिक्षक, स्वंयसेवक लगायत ४० भन्दा बढीको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जका युवाहरुको प्रशंसनीय कार्य, ७ दिनमा तीन बालकहरुको उद्वार
Next articleखजुरा गाउँसभामा विवाद, एकलौटी नीति तथा कार्यक्रम ल्याएको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here