
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ स्थित कारकाँदो चोकमा एक सर्वसाधारण ट्राफिक प्रहरीबाट कुटिएका छन् । आईतवार आज बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका वडा नं-१७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देबराज सापकोटालाई ट्राफिक प्रहरी सहायक निरिक्षक प्रकाश बिकले कुटपिट गरेका हुन् ।
व्यक्तिगत प्रयोजनका लागि बाटोको भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उलंघन गरि मोटरसाईकलमा आएका प्रहरी सहायक निरिक्षक बिकले आफ्नो भिडियो खिचेको भन्दै मोवाईल नियन्त्रणमा लिएर मोवाईलमा रहेका भिडियोहरु डिलिट समेत गर्नुभएको छ ।
सापकेटा डोजरको पम्प बनाउन नेपालगञ्ज आउनुभएको हो । पीडित सापकोटाका अनुसार, आफुले व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताउँदा, बताउँदै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारकाँदोबाट बसपार्कस्थित बिदद्युत प्राधिकरणभित्र रहेको अस्थाई प्रहरी बिटमा लगेर कुटपिट गर्नुका साथै सवारी चालक अनुमति पत्र लिएका छन् ।
आफु मुटु रोगी भएको उल्लेख गर्दै पीडित सापकोटाले अनाहकमा आफुलाई कुटपिट गरिएको बताउनुभयो । कुटाईबाट सापकोटा घाईते हुनुभएको छ । यस घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले सत्य, तथ्य बुझि आवश्यक कारवाही गर्ने बताउनभयो ।





