
अछाम । जिल्लामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा साँफेबगर नगरपालिका(३ का १९ वर्षीय निरज कुँवर रहेका अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको उद्धार गरेर बयालपाटा अस्पताल लगिएको बताउनुभयो ।
सदरमुकाम मंगलसेनदेखि धनगढीतर्फ आइरहेको ना ४ ख ९९७२ नम्बरको बस सोमबार बिहान चौरपाटी गाउँपालिका अन्तर्गत मार्कुमा दुर्घटना भएको हो ।





