
नेपालगञ्ज । नेपाल राष्ट्रिय आधारभुत विद्यालय खजुरा-३ धाैलागिरीमा अध्ययनरत जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई झोला तथा पोषाक वितरण गरिएको छ ।
सहायताका लागि सहयोगी हातहरु खजुराले विद्यार्थीहरुलाई झोला र पोषाक प्रदान गरेकाे हाे । खजुराका समाजसेवी एवं राजनीतिक व्यक्तित्व महेन्द्र मल्लको सहयोगमा २० जना विद्यार्थीहरुलाई यस्ताे सहयाेग गरिएको हो ।
सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनारका अनुसार साे सहयाेग लुम्बिनी प्रदेश सभाका सदस्य बादशाह कुर्मीकाे हातबाट वितरण गरिएको थियो ।
केही विद्यार्थीहरू पोषाक नहुँदा विद्यालय जान छाडेपछि सहयोगी हातहरुले विद्यालयमा पोषाक वितरण गरेको सचिव विकास हरी कोइरालाले जानकारी दिनुभयाे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर काउँचा, समाजसेवी बेधनिधि प्याकुरेल, शिक्षक, स्थानीय बासिन्दा, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।





