प्रेस युनियन बाँके शाखाद्वारा पत्रकार महासंघ बाँकेमा धर्ना

नेपालगञ्ज । नेपाल पत्रकार महासंघको सदस्यता बिरुद्ध नेपाल प्रेस युनियन बाँके शाखाले आज महासंघ बाँके शाखामा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार आज (सोमबार) दुई घण्टा महासंघ बाँके शाखामा धर्ना दिइएको हो ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिइएको युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले बताउनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखाहरुमा एकैसाथ धर्ना दिने कार्यक्रम रहेकाले महासंघ बाँके शाखामा युनियन बाँकेले धर्ना दिएको हो ।

जिल्ला अध्यक्ष ढकालको नेतृत्वमा लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, अग्रज नेताहरु निरज गौतम, राकेश मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको सहभागितामा धर्ना दिइएको अध्यक्ष ढकालले बताउनुभयो ।

Previous article‘डेंगुको जोखिम नियन्त्रणका लागि सरसफाईमा जोड दिऔं’
Next articleजानकी-६ मा दलितहरुको हक अधिकार बारे अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here