सहयात्री नेपालको प्रथम वार्षिक साधारणसभा

नेपालगञ्ज । नेपालगञ्जस्थित सहयात्री नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा गरेको छ । सहयात्री नेपालले बुधबार एक औपचारिक कार्यक्रम गर्दै प्रथम वार्षिक साधारणसभा गरेको हो ।

साधारणसभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले संस्थाले छोटो समयमा राम्रो कार्य गर्न सफल भएकोमा बधाई दिनुभयो । उहाँले स्थापनाको छोटो समयमा यति धेरै कार्य गर्नु आफैमा चुनौती रहेपनि सफलता प्राप्त गरेकोमा सबै पदाधिकारीलाई बधाई दिनुभएको थियो ।

उहाँले संस्थामा युवाहरुको उपस्थिति त्यसमा पनि केही गर्न चाहनेहरुको सक्रियताले आफुलाई प्रेरित गरेको भन्दै प्रदेश सभा सदस्य श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ मा संस्थालाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

गैरसरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्माले संस्थाले उत्कृष्ट कार्य गरिरहेको आफुले पाएको र अझै राम्रा कार्य गर्ने शक्ति मिलोस भन्दै क्षमता विकासका लागि संस्थामा सक्रियता जरुरी रहेकोमा जोड दिनुभयो ।

सहयात्री नेपालका कार्यबाहक अध्यक्ष अरुना गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभामा वार्षिक प्रतिवेदन सचिव अञ्जना चर्तुवेदीले प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिवेदन कोषाध्यक्ष सलमान सल्मानीले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका पदाधिकारी, सदस्य, अतिथिलगायतको उपस्थिति रहेको कार्यक्रममा सदस्य आदित्य थापाले स्वागत गर्नुभएको थियो । यो संस्था नेपालगञ्जमा विगतमा बाल क्लबमा नेतृत्व गरेका युवाहरुले स्थापना गरेको संस्था हो ।

Previous articleठुलो परिमाणको लागू औषधसहित बाँकेमा दुई जना पक्राउ
Next articleकोहलपुरमा तीन महिने सांकेतिक भाषा तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here