कोहलपुरमा तीन महिने सांकेतिक भाषा तालिम सम्पन्न

कोहलपुर । बाँकेको कोहलपुरमा तीन महिने सांकेतिक भाषाको तालिम संचालन गरिएको छ । बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी गत चैत २० गते संचालन गरिएको तीन महिने तालिम असार १८ गते सम्पन्न भएको हो ।

बहिरा अपाङ्गता भएका व्यक्तिलाई संचारमा पहुँच पुर्‍याउने उदेश्यले सांकेतिक भाषा तालिमको आयोजना गरिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, अपाङ्ग नवजीवन केन्द्र कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाबेशीकरण उपशाखा, नगरस्तरिय अपाङ्गता समन्वय समितिको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउने कोहलपुर नगरपालिकाले सहयोग गर्ने सुवेदीले प्रतिवद्धता जनाउनु भएको छ ।

समापन कार्यक्रममा कोहलपुर नगरपालिका सामजिक विकास समिति संयोजक इस्वरी प्रसाद बिक, रास्ट्रिय अपाङ्ग महासंघका लुम्बिनी प्रदेश सदस्य दयाराम अधिकारी, कोहलपुर नगरपालिका आर्थिक विकास संयोजक अनिता बि सि, कोहलपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख घटना शाह, सभाअध्यक्ष जंग बहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

स्मिता कर्णले सहजीकरण गनुएभएको सो तालिममा १० जनाको सहभागिता रहेको थियो ।

Previous articleसहयात्री नेपालको प्रथम वार्षिक साधारणसभा
Next articleबाँकेमा अपराधी पक्राउ गर्दा अवरोध, तीन राउण्ड गोली प्रहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here