बाँकेकाे माेरङ्गा खाेलामा आएको बाढीमा फसेका एककाे उद्वार

नेपालगञ्ज । बाँकेमा बाढीमा फसेका एक व्यक्तिको उद्दार गरिको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार दिउँसाे राप्ती साेनारी-४ कै माेरङ्गा खाेलामा आएकाे बाढीमा फसेका साेनुराम थारूकाे उद्वार गरिएकाे हाे ।

गाैसालामा रहेकाे गाईबस्तु हेरचाह गर्न गएकाे बेला राप्तीसोनारी गाउँपालिका वडा नं-४ मोरङ्गास्थित माेरङ्गा खाेलामा पानीकाेे बहाव बढेर अलपत्र पर्नुभएका थारूकाे दिउँसाे उद्वार गरिएकाे छ ।

बाढीमा मानिस अलपत्र परेकाे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले थारूकाे सकुशल उद्वार गरि ल्याईएकाे बाँके प्रहरीले जनाएको छ ।

Previous article७३ जिल्लामा फैलियो डेङ्गु रोगको संक्रमण
Next articleराप्ती नदीमा बेपत्ता भएका यादवको शव फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here