राप्ती नदीमा बेपत्ता भएका यादवको शव फेला

सांकेतिक तस्बिर

दाङ । राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका दाङ राजपुरका एकजनाको शव फेला परेको छ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको हो ।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उहाँ बगेर बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको हो ।

शनिवार हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं.४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो ।

Previous articleबाँकेकाे माेरङ्गा खाेलामा आएको बाढीमा फसेका एककाे उद्वार
Next articleबाँकेमा दर्जनबढी गाउँ डुबानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here