बाँकेमा दर्जनबढी गाउँ डुबानमा

नेपालगञ्ज । लगातारको वर्षाका कारण बाँकेका धेरै गाउँ टोलहरु डुबानमा पर्न थालेका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरु डुबानमा परिसकेका छन् ।

निरन्तरका वर्षाका कारण राप्ती नदीमा आएको बाढी तथा साना खोलाहरुमा आएको बाढीका कारण नदी आसपासका गाउँहरु डुबानमा परेका हुन् । राप्तीमा पानीको सतह खतराभन्दा पनि माथि पुगेको पुलमा आवागम निषेध गरिएको छ ।

आइतबार बिहानदेखि राप्ती नदीमा रहेको राप्ती पुलमा सवारी साधान आवागमनमा रोक लगाइएको हो । राप्ती बाढीले नरैनापुरका दर्जनबढी गाउँ डुबानमा परेको विपद् ब्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो ।

नरैनापुर गाँउपालिका वडा नं–६ को शोनवर्षा, कुदर बेटवा, गंगापुर, भोजपुर, वडा नं–५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरु राप्तीको बाढीका कारण डुबानमा परेका छन् ।

यस्तै खहरे खोलामा आएको बाढीका कारण नरैनापुर वडा नं–१ महतिनिया, बनिया गाउँ, कटकुईंया, नरैनापुर–२ रोशनपुर्वा, गंगापुर, लक्ष्मणपुर, वडा नं–३ को बालापुर, कोटिया, बहाउपुर्वा, रतैहा, जनतापुर, वडा नं–४ को घोडदौरिया, नौसहरा, नरैनापुरलगायत गाउँमा समेत डुबान भएको छ ।

यसैगरी राप्ती सोनारी र डुडुवा गाउँपालिकाका विभिन्न तटिय क्षेत्रका गाउँहरु डुबानमा परेका छन् । डुबान क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, शसस्त्र प्रहरी एव उद्धार टोली खटिएको जनाइएको छ ।

Previous articleराप्ती नदीमा बेपत्ता भएका यादवको शव फेला
Next articleमनसुन पूर्वतयारी योजना प्रभावकारी कार्यान्वयन गर्न नगर प्रमुख आचार्यको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here