
खजुरा । बाँकेको २५ औँ जिल्ला परिषद भब्यरुपमा खजुरामा सम्पन्न भएको छ । बाँके जिल्ला अध्यक्ष रेखा धितालको अध्यक्षतामा संगठनका उपमहासचिव एकदेव पन्थीको प्रमुुख आथित्यतामा २५० बढी शिक्षकको उपस्थितिमा सम्पन भएको हो ।
कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुवेदी, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुुरुङ, प्रदेश उपाध्यक्ष शिव शंकर रोकाय, शिक्षक महासंघ जिल्ला अध्यक्ष महेश कुुमार शर्मा लगायतको उपस्थिति रहेको कार्यक्रममा शिक्षक, वि.व्य.समितिका अध्यक्ष र उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा छात्र छात्रालाई सम्मान गरिएको थियो ।
यस बर्षको एस ईईमा सामुुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने इश्वरी मा.वि.एच गाउँ, त्रिभुुवन माध्यमिक विद्यालय कोहलपुुरबाट ३.९५ GPA ल्याउने प्रतिका शर्मा र ३.८२ GPA ल्याउने पवन पोखरेललाई डम्बर राधिका स्मृति कोषको सहयोगमा नगद रु २,१००।- सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सचिव बाबुुराम अधिकारीले सांगठनिक प्रतिवेदन, उपाध्यक्ष इन्दिरा गौतमकाे महिला विभागको प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण आचार्यकाे आर्थिक प्रतिवेदन प्रस्तुुत गरि छलफल गरि पारित गरिएको थियोे ।
राष्ट्रिय समिति सदस्य सुुवेदी र उपमहासचिव पन्थीले प्रशिक्षणात्मक मन्तव्य राखेको कार्यक्रममा स्वागत उपाध्यक्ष दिल बहादुुर खत्रीले गर्नुभएकाे भने जिल्ला सचिव अधिकारीले गर्नुभएको थियाे ।





