एमनेष्टी इन्टरनेशनल समूह ६२ काे नयाँ कार्य समिति चयन

नेपालगञ्ज । एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ नेपालगन्जको साधारण सभाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

पंकज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सधामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले द्वन्द्वकाे समयमा एमनेष्टीले द्वन्द पिडितहरुलाई समय समयमा पु¥याएकाे याेगदानको बारेमा चर्चा गर्दै नव गठित कार्य समितिलाई बधाई दिनुभएको थियो ।

नेपालगन्ज वडा नं-४ का वडाध्यक्ष गोपाल पुन लगायतले आ-आफना बिचार राख्नु भएको थियाे । आर्थिक वर्ष २०८१-०८२ को योजना पेश गरिएको थियो । सोमाथि छलफल गरी सर्व सम्मति रुपमा पारित गरिएको थियो ।

कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपाल केन्द्रीय सदस्य देवेन्द्र सिजुवाल, पूर्व संयोजक बिश्वजीत तिवारी, सुदिप भट्ट लगायतको उपस्थितमा नयाँ कार्य समितिको गठन गरिएको छ ।

अभिराज क्षेत्रीकोे संयोजकत्वमा नयाँ कार्य समिति सर्व सम्मतले चयन गरिएको छ । समितिकाे सह-संयोजकमा सूर्यलाल यादव, सचिवमा अनूप बर्मा, सह-सचिव शुभम् पाठक, कोषाध्यक्षमा माया गुप्ता चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सन्तोषबाबु गुप्ता, प्रतिमा महत, प्रशान्त गिरी, मञ्जु आचार्य चयन हुनुभएको छ ।

Previous articleबाँकेमा २४ लाख रूपैयासहित हुण्डि कारोबारमा संलग्न चार जना पक्राउ
Next articleनेपाल राष्ट्रिय शिक्षक संगठनको २५ औं जिल्ला परिषद सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here