
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साता राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यही दिनदेखि बेपत्ता भएका हुन् ।
डुडुवा गाउँपालिका वडा नं-२ को चौफेरीमा नदीबाट संकलन गरिएको दाउरा ट्याक्टरमा लोड गराउन घरबाट रातीको ८ बजे उनी गएका थिए । परिवारका अनुसार उनी घर फिर्ता आएका छैनन् । एक साता अघि राप्ती नदीमा बाढी आएको थियो । बाढीमा काठ दाउरा बगेर आउँछ ।
स्थानीयहरु त्यस्तो समयमा दाउरा संकलन गर्छन् । संकलित दाउरा स्थानीय शिव प्रसाद मालीको ट्याक्टरमा लोड गर्न उनी घरबाट निस्किएको बुबा राम जियावन केवट जानकारी दिनुभयो ।
तर छोरा घर फर्किएको छैन । परिवारले छोरा बेपत्ता भएको निवेदन प्रहरी कार्यालयमा दिएको छ । छोरो बेपत्ता भएपछि परिवार चिन्तामा छ ।





