कोहलपुरको वन वाटिकामा वृहत वृक्षारोपण

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं.८ स्थित सितल वन वाटिकामा मंगलवार वृहत वृक्षारोपण गरिएको छ । साउने संक्रान्तिको अवसर पारेर नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वन वाटिकामा विभिन्न प्रजातिका आठ सय विरुवा रोपिएको संघका अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुपी सल्ला, अमला, बेल, अम्वा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी, जाकान्द्रा लगायतका विरुवा रापिएको हो । कोहलपुर नगर पालिकाको हरित नगर अभियानलाई समेत टेवा पुग्ने उद्देश्यका साथ वन वाटिकामा विरुवा रोपिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभो ।

अहिले कोहलपुर नगरपालिकाले पनि हरित नगर निर्माणका लागि वृक्षारोपण कार्यक्रमलाई सघनरुपमा अघि बढाएको छ । वन वाटिकामा नगरपालिकाले समेत विरुवा उपलब्ध गराएको छ । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको वडा नं.८ का वडाअध्यक्ष लालबहादुर रानाले बताउनुभयो ।

‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ, उहाँले भन्नुभयो, –‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वधनका रुपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान वन्न सक्छ ।’ सिलत छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फर्ने गरी योजना बनिसकेको अध्यक्ष रानाले बताउनुभयो ।

उहाँले करिव २२ करोडको डिपिआर तयार भइसकेको पनि उल्लेख गर्नुभयो । यहाँ ठूलो सेमिनार हल बन्ने छ । जहाँ ठूलठूला कार्यक्रमहरु गर्नका लागि कोहलपुर वाहिर जान नपरोस् । ध्यान केन्द्र निर्माणदेखि बालबालिका तथा युवायुवतिलाई भुलाउने संरचनाहरु निर्माण गर्ने योजना छ । नजिकै पौडी खेल्नका लागि नहर छ । थोरै लगानी गर्ने हो भने खेलमैदानले आकार पाउँछ । नजिकै विद्युतिय समसान घाट निर्माण गरिँदैछ ।

‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरु निर्माण गरेर कोहलपुरको पहिचानका रुपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ, उहाँले भन्नुभयो, –‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकिय गन्तव्य वन्न सकन्छ ।’ वृक्षारोपण कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन, सितल छायाँ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खुर्सल भण्डारी, स्थानीयबासी, बुद्धिजीवि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । यो सामुदायिक वन दुई सय बढी हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Previous articleखजुरा गाउँपालिकाद्वारा ७ बुदें प्रतिबद्धता
Next articleनेपालगञ्ज मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here