जानकीमा बुधबार सार्वजनिक बिदा

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले २ गते बुधबार सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा गाउँपालिकाले बुधबार २ गते सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले एक सूचना जारी गर्दै मोहर्रमको अवसरमा गाउँपालिकामा २ गते एक दिन सार्वजनिक बिदा गरिएको उल्लेख छ ।

सूचना अनुसार गाउँपालिका अन्तर्गतका कार्यालय तथा शैक्षिक संघ संस्थाहरुमा सार्वजनिक बिदा रहेपनि स्वास्थ्यतर्फ अत्यावश्यक सेवा संचालनमा रहनेछ ।

Previous articleनेपालगञ्ज मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू
Next articleबाँकेमा नक्कली डि.एस.पी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here