पत्रकार यादवलाई मातृशोक, संघद्वारा श्रद्धाञ्जली सभा

नेपालगन्ज । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवको आमा स्वर्गिय चमेला यादवको १३ औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर-५ जमुनाहस्थित घरमा अवधी पत्रकार संघको टिम पुगेर सभामार्फत सम्वेदना व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, वरिष्ठ उपाध्यक्ष विनय दिक्षित, केन्द्रीय सदस्य दिपक गुप्ता, बाँके शाखाका पूर्व अध्यक्ष चन्द्रेश्वर त्रिपाठी, नेपाल प्रेस युनिय बाँकेका उपायक्ष कमल खत्रीलगायतले मृतक आमाप्रति दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै समबेदना व्यक्त गर्नुभएको थियो ।

९० वर्षीय यादवको असार १९ गते बुधबार राती बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाहस्थित घरमा निधन भएको थियो ।

Previous articleबाँकेमा नक्कली डि.एस.पी पक्राउ
Next articleआज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here