
नेपालगञ्ज । सामाजिक सुरक्षा सेवाका लागि अनिवार्य गरिएको परिचयपत्र हाललाई रोकिने भएको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा सेवा लिनका लागि परिचयपत्र नचाहिने जनाएको हो ।
शाखाले तत्काललाई परिचय अनिवार्य नगर्न परिचपत्रसमेत गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको २०८१ असार २७ गतेको निर्णयका आधारणमा परिचयपत्र अनिवार्य नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।
मन्त्रिपरिषदको २०८१ जेष्ठ २४ गते, सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएको थियो भने असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गरिएको थियो ।
देशभर निरन्तर परेको वर्षाका कारण विभिन्न ठाउँहरुमा बाढी, पहिरो र विपद्को अवस्था सृजना भएको र नागरिकहरुलाई असहज भएको छ । नागरिकहरुलाई असहज भएको यस्तो अवस्थामा सेवा लिन अनिवार्य गरिएको परिचयपत्र रोक्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।





