पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ

पोखरा । पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरमा पोखराको शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई पोखराको पृथ्वीचोक बस्ने मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखराको लामाचौर बस्ने बसका सहचालक १६ वर्षीय किशोर, लमजुङ घर भई पोखरा बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा घर भई पोखरा घारीपाटन बस्ने २५ वर्षीय टंकबहादुर क्षेत्री छन् ।

उनीहरुले गण्डकी भ्वाइस अनलाइन मिडियाका व्यवस्थापक निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोर्टर बिना कुमारी थापामाथि हातपात गरेको आरोप छ । गण्डकी प्रदेश सकारले निजी दुई पांग्रे र चार पांग्रे सवारी साधानलाई भाडा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयमा विरोध भएको थियो ।

आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा यसको विरोध गरिएको थियो । सोही विषय रिपोर्टिङ गर्न जाँदा पत्रकारमाथि हातपात भएको थियो ।

Previous articleशिक्षकहरूका लागि ठाकुरबाबामा तीन दिने क्षमता बिकास गोष्ठी
Next articleदाङमा मोटरसाईकल दुर्घटना हुँदा बाँकेका एक जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here