शिक्षकहरूका लागि ठाकुरबाबामा तीन दिने क्षमता बिकास गोष्ठी

ठाकुरबाबा, बर्दिया । बर्दियाको ठाकुरबाबामा शिक्षकहरूका लागि लैंङ्गिक रुपान्तरण र समाबेशी शिक्षण पद्धति विषयक तीन दिने क्षमता विकास गोष्ठी सम्पन्न भएको छ ।

समावेशी शिक्षा परियोजना अन्तर्गत विद्यालयमा लैंङ्गिक रुपान्तरण र समावेशी शिक्षण कृयाकलाप संचालनका लागि शिक्षकहरुको पेशागत क्षमता विकास र कक्षा कोठामा सिकाइ गर्ने उद्देश्य पूरा गर्नका कार्यशाला गोष्ठी संचालन गरिएको थियाे । 

साउन १० गतेदेखि १२ गतेसम्म संचालन भएको गोष्ठीमा २७ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो । गोष्ठिको पहिलो दिन लैंङ्गिक संवेदनशिल शिक्षण सिकाईको लागि विद्यालयले गरेको असल अभ्यासहरु, अपाङ्गता

संवेदनशिल शिक्षण सिकाइको लागि विद्यालयले गरेको असल प्रयास र अपाङ्गताको परिभाषा, प्रकार, सेवा सुविधा, सिकाई समस्याहरु र राष्ट्रिय ऐन, कानून तथा नीतिहरुका बारेमा शिक्षकहरुलाई प्रशिक्षण गराइएको थियो ।

गोष्ठीको दोस्रो दिन लैंगिक संवेदनशिल शिक्षण तथा सिकाई प्रक्रिया, प्रारम्भिक बालविकासको अवधारणा महत्व तथा सर्वाङ्गीण बाल विकासको पक्षहरुको बारेमा जानकारी गराइएको थियो । 

त्यस्तै तेस्रो दिन लैंङ्गिक रुपान्तरण र अपाङ्गता भएका बालबालिका समावेशी कक्षा कोठा व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।

भेरी वातावरणीय विशिष्टता समुह (बि-ग्रुप) को आयोजनामा भएकाे संस्थाका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनुभयो ।

कार्यक्रममा समावेशी शिक्षा परियोजनाका प्रवन्धक भानु लिम्बु, प्राबिधिक संयोजक शर्माको सहभागिता रहेकाे थियो भने गोष्ठीको सहजिकरण संजिव कुमार जोशीले गर्नुभएको थियो ।  

Previous articleप्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान
Next articleपत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here