नेपालगञ्जमा ५२७ औं तुलसीदास जयन्ती र चौथो अन्तरदेशीय अवधी महोत्सव मनाइयो

नेपालगञ्ज । बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७ औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह–२०८१ मनाइएको छ । नेपालगञ्जमा आयोजित एक समारोहकाबीच बृहत सम्मान, बिचार तथा बहुभाषिक कवि गोष्ठी, लोकनृत्यसहित शुभकामना आदान प्रदान गरेर मनाइएको हो ।

अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा संस्थापक बिष्णुलाल कुमालद्वारा सञ्चालित, रमेश चन्द कुमालको अध्यक्षतामा समाजसेवी पशुपति दयाल मिश्र, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, पूर्व प्राज्ञ सदस्य सचिव सनत कुमार रेग्मीले शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गुर्नभएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव डा.पंकज कुमार गुप्ताले स्वागत मन्तव्य, उपाध्यक्ष सुशीला बैश्यले गणेश बन्दना र सरस्वती बन्दना डा.प्रवीण कुमार पाण्डेय आवाराले प्रस्तुत गर्नु भएको थियो ।

चर्तुथ अन्तरदेशीय अवधी रजत सम्मान –२०८१ बाट ६० जना समाजसेवी र साहित्यकारहरुलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, डा.फरहत बानौं, डा. दिपेश गुप्ता, ३८ वर्ष शिक्षा पेशामा रहनुभएका सुशीला शर्मा, निरु रस्तोगी, समाजसेवी कृष्ण मुरारी प्रसाद भट्ट, सरिता बैश्य, पत्रकार सिराज खान, पत्रकार शंकर प्रसाद खनाल, ईश्वरी प्रसाद रिजाल, डा. प्रकाश बहादुर थापा, कमान सिंह बोहरा, कोहलपुर नेपाल टेलिभजनका कार्यक्रम उत्पादक रामचन्द्र लोहार, बैरागी कवि, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति इन्द्र बहादुर भण्डारी, दाङका पटवारीलाल यादव, तौलिहवा निरहू यादव, तारा यादव, कल्पना पौडेल “ जिज्ञासु” युवराज गुप्ता, मंगल प्रसाद माध्यमिक बिद्यालयका प्राचार्य सन्ध्या गुप्ता रहनुभएको छ ।

यस्तै समालोचक/साहित्यकार चरित्रा शाह, हरपाल रनहोत्रा, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२० का वडाध्यक्ष कौशल कुमार धोबी, समाजसेवी बसन्त कुमार कनौजिया, डा.राहुल मिश्र, डा. इन्द्रजीत सिंह, कृपा हस्पिटलका डा.प्रवीण गुप्ता, डा. प्रकाश नाग, डा. पीयूश कनौडिया, समााजसेवी जितेन्द्र सिंह, खेल पे्रमी राज कुमार बैश्य, भारत लखनऊ आकाशवाणीका प्रस्तोता कृष्ण प्रसाद तिवारी, प्रदीप बहराइची, प्रीतम श्रावस्ती, रायबरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश”, शिव प्रताप जायसवाल सीतापुर, चन्द्रगत भारती, तमन्ना “दिलकश” हुनुहुन्छ ।

यसैगरी लक्ष्मी कान्त त्रिपाठी, तिलकराम अजनवी, शिवाँनी राज, अवधी साधक प्रमोद कुमार साधक, कैशरगञ्ज बहराइचका अजीज कुमार मौर्य, सोमेश सावन, सीतापुरका डा. सतिश चन्द्र वर्मा, बहराइचका हस्य कवि पीके प्रचण्ड, आचार्य अनीश देहाती, अयोध्याका रामानन्द सागर, डा.अनुज नगेन्द्र, देशराज सिंह, बिसंवाँ सीतापुरका सन्दीप मिश्र “सरस”, खूबपुर सीतापुरका डा. मनोज दिक्षित, प्रवीण कुमार पाण्डेय आवारा, अम्ब्रिस श्रीवास्तव, दया शंकर रायबरेली, रायबरेलीका शिव बहादुर सिंह “दिलवर”, कृष्ण प्रसाद तिवारी लगातयलाई सम्मान गरिएको थियो ।

बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८० बाट नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख कुर्मी, अवधी लोक गायक लक्ष्मण पे्रमी राजपूत, कार्यक्रम प्रस्तोता रेडियो कृष्णसार एफ.एम., लोक गायक मधई सिंह सरदार, उत्तर प्रदेश राय बरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश” लाई जनही नगद रु. ५०५/–रुपैयाका दरले सम्मान–पत्रद्वारा प्रमुख अतिथि पशुपति दयाल मिश्र, बिशिष्ट अतिथि कुर्मी, रेग्मी, बिजय वर्मा, भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष हरि प्रसाद तिमिल्सिना लगायतले नेपाल र भारतका गरी ६५ जना साहित्यकारलाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बैष्णवी बैश्य र गौरी बैश्यले कजरी नृत्य, रेखा बैश्य तुल्सी भजन र सुशीला बैश्यले कजरी गीत प्रस्तुत गर्नुभएको थियो भने आराधना बैश्य, निरहू यादव, मञ्जु बैश्य, कृष्णा देवी पाण्डेय, मो. मुस्तफा अहसन कुरैशी, पत्रकार शंकर प्रसाद खनाल (जनप्रिय खनाल) र सम्मानित व्यक्तत्वहरु लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि मिश्र, बिशिष्ट अतिथि कुर्मी, भेरी साहित्यस समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष तिमिल्सिना, बसन्त कनौजिया, सुशीला शर्मा, निरु रस्तोगी, कार्यक्रममा अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, संस्थापक सूर्यलाल यादव, शतक रक्तदाता पवन जायसवाल, पुष्पमणि प्रधान, भरत बहादुर राना भाट, महेन्द्र पुस्तकालका अध्यक्ष बलराम यादव, अल्पना बैश्य, काजल शर्मा, आनन्द गिरी मायालु, जहिरुलहक जिनू, घनश्याम गुप्ता, धु्रव कुमार बैश्य, राजेन्द्र बैश्य, सतिश पाठक लगायत १०० जना अवधी पे्रमी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल र भारत गरी ६५ जना अवधी पे्रमी, समाजसेवी, साहित्यकारहरुलाई आयोजक संस्था अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्य समितिले दोसल्लाह ओढाएर र गम्छा सहित सम्मान–पत्रद्वारा सम्मान गरेको थियो ।

Previous articleसुशील कोइरालाको जन्यजयन्तिमा कांग्रेस बाँकेले आश्रममा खाना खुवायो
Next article‘एक युवा एक बिरुवा रोपौं अभियान’ भन्दै नेपालगञ्जमा बृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here