नेपालगञ्ज विद्युत वितरण केन्द्र परिसरमा शनिबार रक्तदान कार्यक्रम हुँदै

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) नेपालगञ्ज इकाइ समितिको अगुवाइमा नेपालगञ्ज वितरण केन्द्रमा सो रक्तदान कार्यक्रम हुने भएको हो ।

सुदुरपश्चिम, कर्णाली प्रदेशसहित लुम्बिनीका धेरै जिल्लाका बिरामीहरु उपचारका लागि नेपालगञ्ज आउने र यहाँ रक्त अभावको समस्या अत्याधिक देखिने कुरालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले केहि हदसम्म्म भएपनि राहत पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न रच्नात्मक कार्य भैरहेको उल्लेख गर्दै आयोजक नेविप्रा कर्मचारी संघ नेपालगञ्ज इकाइ समिति अध्यक्ष नेत्रबहादुर खड्काले आफुहरु मानव जीवनको रक्षामा योगदान पुग्ने कार्यको एउटा माध्यम मात्र बन्न खोजेको बताउनुभएको छ।

यो विशुद्ध मानवीय सेवा हो, आस्था र विचारभन्दा माथि उठेर अस्पतालको शैय्यामा बिरामीहरुको जीवन रक्षामा हातेमालो गरौं, इकाइ अध्यक्ष खड्काले भन्नुभयो।

नेपाल विद्युत प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्र परिसरमा शनिबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म हुने कार्यक्रममा सम्पुर्ण कर्मचारी, विद्युत उपभोक्ता, सेवाग्राही, नागरिक समाज लगायत इच्छुक सबैलाई सामेल हुन इकाइ समितिका सचिव नवीन अधिकारीले अनुरोध गर्नुभयो ।

स्थापना भएको दिनको स्मरणमा साताव्यापी विविध रचनात्मक कार्यक्रम गर्दै हरेक वर्ष भाद्र १ गते लक्षित विशेष कार्यक्रम प्राधिकरणमा हुँदै आएका छन् । २०४२ साल भाद्र १ गतेका दिन नेपाल विद्य्तत प्राधिकरणको स्थापना भएको हो ।

Previous articleराप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुँदै
Next articleथारु कल्याणकारिणी सभाको अध्यक्षमा संगीता चौधरी चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here