थारु कल्याणकारिणी सभाको अध्यक्षमा संगीता चौधरी चयन

नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न ११ औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

१७ सदस्यीय सर्वसम्मत कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी चयन हुनुभएको छ । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिवमा परशुनारायण थारु, कोषाध्यक्षमा मनोज कुमार थारु सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा कालू राम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु, प्रदेशराम थारु चयन हुनुभएको छ ।

अधिवेशनबाट ८ जना पार्षद चयन गरिएको छ । चयन गरिएको पार्षदहरुमा नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु, चन्द्र बहादुर चौधरी रहनुभएको छ ।

सभापति विनोद थारुको अध्यक्षतामा भएको ११ औं अधिवेशनमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद भुवनेश्वर थारु रहनुभएको थियो । अधिवेशनको उद्घाटन शत्रमा थाकस बाँकेलाई विभिन्न समय योगदान पु¥याएका दर्जन बढि व्यक्तिलाई कदर र दोसल्लासहित सम्मान गरिएको थियो ।

Previous articleनेपालगञ्ज विद्युत वितरण केन्द्र परिसरमा शनिबार रक्तदान कार्यक्रम हुँदै
Next articleनेपालले यू-१९ क्रिकेट विश्वकप आयोजना गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here