
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।
पार्टी कार्यालयबाट वडा सभापतिहरुलाई क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो ।
सभापति नारायण प्रसाद गौडेलसहित पार्टी पदाधिकारीले वडा सभापतिलाई सम्बन्धित वडाको क्रियाशील सदस्यता परिचयपत्र हस्तान्तरण गर्नुभएको छ ।
ूपहिलो दिन क्षेत्र नम्बर ३ का वडा सभापतिलाई बोलाएर कार्ड दिएका छौं, आइतबार क्षेत्र नम्बर १ र २ का वडा सभापतिलाई पार्टी कार्यालयबाटै परिचयपत्र वितरण गर्छौैं,ू प्रबक्ता डिल्ली गिरीले भन्नुभयो ।
सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता गिरी, सदस्य रामचन्द्र गुप्ताले कार्ड वितरण गर्नुभएको थियो ।
वडा सभापतिले पार्टी छाडेका, पार्टीबाट कारबाही भएका, मृत्यु भएका र बुझाउन बाँकी रहेका बाँकी कार्ड तथा बुझाएको कार्डको भरपाई पार्टी कार्यालयमा बुझाउनुपर्नेछ ।





