क्यानले टी-२० विश्वकपका खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

क्यान कार्यसमितिको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् ।

यसका साथै सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु
Next articleनेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here