बाँकेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो ।

अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ । घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन् ।

दाङको तुलसीपुबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएको थियो ।

कोहलपुर–नेपालगन्ज सडक खण्डमा तीव्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भई खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले बताउनुभयो ।

बस चालक प्रहरी नियन्त्रणमा छन् ।

Previous articleठुलाे मात्राकाे सुनचाँदीसहित नेपालगञ्जबाट चार जना पक्राउ
Next articleक्यानले टी-२० विश्वकपका खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here