लुम्बिनी सभामा सेवाको गठन, सञ्चालन र शर्त व्यवस्थापन विधेयक पेश

दाङ । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २९ औं बैठकमा समितिका सभापती बुढाले प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको हो । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदनसहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो ।

समितिले विधेयक माथि पुनः छलफल गरेर बुधवारको बैठकमा पेश गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदनसहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिका सभापती बुढाले जानकारी दिनुभयो ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निस्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्नेगरी विधेयक तयार भएको सभापतीको भनाई छ ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको छ ।

Previous articleसंघ संस्थालाई राज्यले गर्ने ब्यवहारमा सुधार गर्नुपर्नेः गैससकर्मी
Next articleचिकित्सकहरुमाथि आक्रमण बढेपछि सुरक्षाका लागि कानुन संशोधन गर्दैै सरकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here