दुई किलाे बढी अफिमसहित नेपाली दम्पती रूपैडिहामा पक्राउ

नेपालगञ्ज । सीमा क्षेत्रबाट अवैध लागूऔषध ओसारपसार रोक्न र सीमा निगरानी गर्न एसएसबी ४२ भी को कमाण्डेन्ट गंगासिंह उदावतको निर्देशन र कुशल नेतृत्वमा इन्स्पेक्टर सत्येन्द्र सिंह ४२ भी को रुपैडिहाले सघन चेकिङ अभियान चलाएर ठुलाे मात्रामा अफिम बरामद गरेको छ ।

उक्त लागूओैषध ल्याउने श्रीमान श्रीमतीलाई मंगलबार पक्राउ गरिएको हो । नेपाली महिला र पुरुष २ किलो १ सय ६० ग्राम अफिमसहित पक्राउ गरेका छन् । अनुसन्धानका क्रममा लागुऔषधसहित पक्राउ परेका अभियुक्तले पवाङ निवासी ५० वर्षीय बरिलाल घर्ती रहेका रहेका छन् ।

यस्तै रुकुम सिस्ने गाउँपालिका वडा नं-५ का ३९ वर्षीया नरमाया घर्ती रहेकाे र उनीहरुको साथबाट अफिमसहित दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद भएको भारतीय प्रहरीले जनाएकाे छ ।

एसएसबी ४२औं कोर इन्स्पेक्टर सत्येन्द्र कुमार सिंह, सहायक उपनिरीक्षक सन्तोष कुमार विश्वास, उपेन्द्र सिंह, हेड कन्स्टेबल गजेन्द्र सिंह, शकील अहमद अन्सारी, हवल्दार कमलेश कुमार, हवल्दार (महिला) सविता दास, टी. यमुना, सुप्रिया भारती, मोहिनी र कुकुर ह्यान्डलर, मोहम्मद फारुक (कुकुर रान्कोसँग) काे टिमले उनीहरूलाई पक्राउ गर्न मुख्य भूमिका निभाएकाे जनाईएकाे छ । पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको छ ।

Previous articleस्वास्थ्य सेवा प्रवाहमा डुडुवा उत्कृष्ट
Next articleमृतक परिवारलाई २६ लाख क्षतिपूर्ति दिन शिक्षण अस्पताललाई उच्चको आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here