बर्दियामा ४७ जनाले गरे रक्तदान

पवन जायसवाल, बर्दिया । यूनिक नेपाल केन्द्रीय कार्यालय जोतपुर बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति बर्दियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा १ जना महिला सहित ४७ जनाले रक्तदान गरेका छन् ।

बर्दियाको राजापुर नगरपालिका वार्ड नं-२ जोतपुर नयाँ गाउँस्थित यूनिक नेपाल केन्द्रीय कार्यालयको सभाहलमा यूनिक नेपालका केन्द्रीय अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षता, राजापुर नगरपालिकाका मेयर दिपेश थारुको प्रमुख आतिथ्यमा, रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल, समाज राजापुर नगर समिति अध्यक्ष लोकराज ढुंगाना, राजापुर नगरपालिका वार्ड नं-५ का वडाध्यक्ष रमेश दहित, बाँकेका वरिष्ठ रक्तदाता पवन जायसवालले रक्तदाताहरुलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रम शुरु भएको थियो ।

सो क्रममा मेयर थारुले अर्कालाई जीवित गर्नका लागी नियमित रक्तदान गर्न जरुरी रहेको धारणा राख्नुभयो । सिकलसेल एनिमिया, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी महिलाहरुलाई आपतकालिन अवस्थामा सहजता होस् भनेर रक्तदानको आयोगजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

रक्तदान गर्ने इच्छा भएपनि प्राविधिक कारणले दिन नसक्ने गरेको कुरा उल्लेख गर्दै उहाँ आफुले यस्तो शिविरमा ३ पटक र कहिले पनि नचिनेको बिरामीलाई रगत दिएको बताउनुभएको थियो ।

युनिकका कार्यक्रम अधिकृत जगतराम चौधरीद्वारा सञ्चालित, सोम प्रसाद चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बाँकेका वरिष्ठ रक्तदाता जायसवाललाई खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा राजापुर नगरपालिका वार्ड नं-८ वडा कार्यालय, साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, ज्योति बिकास बैंक लिमिटेड, कर्णाली बिकास बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्युरेन्स लिमिटेडले सहयोग गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

यूनिकका कार्यक्रम संयोजक सोम प्रसाद चौधरी (डेमनडौरा) का अनुसार संकलित रगतमध्ये २५ पिन्ट रेडक्रस जिल्ला शाखालाई र २२ पिन्ट राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

पछिल्लो समय सिकलसेल एनीमियाका बिरामी, दुर्घटनाका घाइते र सुत्केरीहरुलाई रगत अत्यावश्यक पर्ने हुँदा थोरै भएपनि मागको परिपुर्ति गर्न संकलित रगत काम लाग्ने अपेक्षा गरिएको रक्तदाता समाज राजापुर नगर समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

Previous articleदुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ
Next articleलागूऔषध प्रयोगकर्तालाई उपचार दिनुपर्नेमा जाेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here