घोराही-लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दाङ । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उहाँहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

उहाँहरुलाई प्रहरीले लमही अस्पतालमा लगेको थियो तत्पश्चात चिकित्सकहरुले उहाँहरुको मृत्यु भएको पुष्टि गरेका थिए ।

Previous articleराजनीतिक दलहरुमा एकता र सहकार्य जरुरी : मुख्यमन्त्री आचार्य
Next articleप्रभात नमूूना मा.वि.मा साँसदसँग विद्यार्थी कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here