
नेपालगञ्ज । बर्दियाकाे गुलरियामा संविधान तथा राष्ट्रिय दिवस-२०८१ काे अवसरमा दिप प्रज्वलन गरिएको छ ।
नेपाल मुस्लिम समाज बर्दियाकाे आयाेजनामा गुलरिया बजारस्थित गणेशमान चाेकमा बिहीबार साँझ दिप प्रज्वलनका साथै राष्ट्रिय झण्डा प्रदर्शन तथा सजावट गरिएको हाे ।
कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य कासिम अलि सिद्विकी, गुलरिया नगरपालिका वडा नं-६ का वडा अध्यक्ष शुधान्सु शर्मा, नेपाल मुस्लिम समाजका केन्द्रीय सदस्य सैहबाज हुसेन लगायत युवाहरूकाे सहभागिता रहेकाे थियाे ।
साे क्रममा बाेल्ने पूर्व प्रतिनिधि सभा सदस्य सिद्विकी र वडा अध्यक्ष शर्माले नागरिकस्तरबाट संविधान कार्यान्यनमा जाेड दिनुभयाे । संविधान देशकाे मुल कानून भएकाले संविधान जान्दिन र मान्दिन भन्न कसैले नपाउने भएकाे हुँदा कानून कार्यान्वयनमा नागरिक स्वयंले पनि भूमिका खेल्न आवश्यक रहेकाे उल्लेख गर्नुभएको थियाे ।





