
नेपालगञ्ज । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १२ औंं पटक आयोजित वृहत रक्तदान १५ जना महिला १ सय ५ जनाले उत्साहका साथ रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको संयुक्त आयोजनामा १ सय ५ जनाले रक्तदान गरेका हुन ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा बाँकेका बरिष्ठ रक्तदाता तथा शतक रक्तदाता १ सय १ पटक रक्तदान गरी सकेका पवन जायसवाललाई नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उप-प्रमुख बीना कुमारी भट्टराईले अविरका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
बाँकेका बरिष्ठ रक्तदाता तथा शतक रक्तदाता पवन जायसवालले ठाकुरबाबाका नगर प्रमुख लम्साल र उप-प्रमुख भट्टराईलाई रगत संकलन पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । ठाकुरबाबा नगरपालिका वार्ड नं-१ भुरीगाउँस्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख (छैठों पटक), उप-प्रमुख भट्टराई (आठौं पटक) र प्रमुख प्रशासकीय अधिकृत ढकालले (सातौं पटक) रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो ।
यसैगरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्यले बर्दिया जिल्लाभरि रक्तदान कार्यक्रम गराउन जग हाल्नु भएको छ उहाँको ठूलो योगदान रहेको छ । जिल्ला सचिव श्यामलाल थारु प्रतिक, ठाकुरबाबा नगर समितिका अध्यक्ष छविलाल लम्साल, ईलाका प्रहरी कार्यालय बगनहाका प्रमुख प्रहरी निरीक्षक उत्तम जिसी, ठाकुरबाबा नगरपालिका, आधारभूत नगर अस्पतालका कर्मचारी, स्वंसेवी रक्तदाताहरुको सक्रिय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका राजेन्द्र महतरा, राम भक्त लम्साल, महेश राना क्षेत्री, केशर सिंह डाँगी र नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उप-शाखा सानोश्रीका राम कुमार वर्माले प्राविधिकमा र अन्यमा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, साधना थारु, जमुना भण्डारी, मणिकला पाण्डे, आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी लगायतले कार्यक्रममा सहयोग गर्नुभएको थियो ।





