
डुडुवा । महिला हिंसा न्युनिकरणका लागि महिला आफै सक्षम बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
१६ दिने महिला हिंसा बिरुद्धको दिवसका अवसरमा बाँकेको डुडुवा गाउँपालिकामा सोमबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले हिंसा न्युनिकरणका लागि महिला स्वंय सक्षम बन्ने कोशिस गरे सजिलो हुने बताएका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसा अन्त्यको शुरुवात आफ्नो घरबाट नै गर्नुपर्नेमा समेत जोड दिए । महिलाहरुले हिंसालाई सहेर बस्नु नै हिंसा बढेर जाने अवस्था सृजना गरिरहेको उनीहरुको भनाई थियो ।
सत्ता, शक्ति र सम्पतिमा पहुँच हुनेले हिंसा गरिरहेको हुन्छ, बोल्ने वक्ताहरु भने । यस्तै समाजलाई मानसिक रुपमा परिवर्तन गरेपछि मात्र हिंसा स्वत अन्त्य हुने वक्ताहरुले धारणा राखेका थिए ।
अधिवक्ता सुनिता ज्ञवालीले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा डुडुवा गाउँपालिकाकी उपप्रमुख साहिदा बानो, वडा अध्यक्षहरु, सामाजिक सचेतन सरोकार मंचकी कार्यक्रम संयोजक रामकुमारी चौधरी, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख लगायतले बोल्नुभएको थियो ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने नाराका साथ गाउँपालिकासहित बिभिन्न १५ वटा संघ, संस्थाहरुको समन्वय सहकार्यमा गरिएको अन्तरक्रियाका लागि माहुरी होमले २० हजार आर्थिक सहयोग समेत गरेको संस्थाका प्रतिनिधी शिव जैसवालले जानकारी दिनुभयो । 





