जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित, भगवानपुर उत्कृष्ट प्रहरी ईकाई

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई प्रशंसा पत्रले सम्मानित गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रमुख प्रहरी नायव महानरीक्षक कुबेर कडायतले लक्ष्य हासिल गर्न सफल भएको भन्दै मंगलबार बाँके प्रहरी कार्यालयलाई प्रशंसा पत्रले सम्मानित गर्नुभएको छ ।

साथै बाँके प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई तीन पुस्तेमा जनिने गरी प्रहरी नायव महानरीक्षक कडायतले नगद पुरस्कारद्वारा पुरस्कृत गर्नुभएको छ । नेपाल प्रहरी कार्य योजना २०८० बमोजिम बाँके प्रहरी कार्यालयले लक्ष हासिल गर्न सफल भएको छ ।

यसैगरी बाँकेको भदौ महिनाको उत्कृष्ट प्रहरी ईकाईका रुपमा इलाका प्रहरी कार्यालय भगवानपुरलाई घोषणा गरी कदर पत्रले सम्मानित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट तयार पारिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम भगवानपुर बाँके प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरले उत्कृष्ट तवरले कार्य सम्पादन गरेको भन्दै २०८१ भदौ महिनाको “उत्कृष्ट प्रहरी इकाई” घोषणा गरी कदर पत्र प्रदान गरिएको हो ।

Previous articleहुण्डी कारोबारमा संलग्न दुई जना नेपालगञ्जबाट पक्राउ
Next articleराप्तीसोनारीमा झोल मल तथा जैविक विषादी अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here