राप्तीसोनारीमा झोल मल तथा जैविक विषादी अभियान

राप्तीसोनारी । रासायनिक विषादी न्युनिकरणका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले झोल मल तथा जैविक विषादीका बारेमा गाउँ गाउँ अभियान थालेको छ ।

पालिकामा रासायनिक विषादीको प्रयोग न्यून होस भन्ने उद्देश्यले पालिकाको कृषि शाखाले गाउँपालिकामा गाउँ गाउँमा झोल मल तथा जैविक विषादीका तालिम अभियान संचालन गरेको छ ।

कृषि कार्यमा खासगरी महिलाहरुको सहभागिता बढी हुने गरेको गाउँपालिकाले महिला समूह लक्षित तालिम शुरु गरिएको शाखा प्रमुख चन्द्रा कुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान प्रत्येक वडामा संचालन गरिनेछ ।

प्रत्येक वडाहरुमा संचालन गरिएको दुई दिने तालिममा १५ देखि २० जनाको सहभागिहरुको सहभागिता हुने गरेको छ । यो अभियानको शुरुवात वडा नं-७ बाट शुरु गरिएको छ । यस वडामा संचालन भएको दुई दिने तालिम मंगलबार सकिएको छ ।

Previous articleजिल्ला प्रहरी कार्यालय बाँके सम्मानित, भगवानपुर उत्कृष्ट प्रहरी ईकाई
Next articleसाढे ३ किलो चरेशसहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here