डुडुवामा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

तस्बिर : गुगल

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको डुडवा गाउँपालिका वडा नं-५ स्थित नवदुर्गा युवा क्लब कम्दीले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको छ ।

प्रतियोगितामा यस पटक पुरस्कार राशीमा भारी बृद्धि गरिएको छ । आयोजकका अनुसार संस्थाले हालसम्म आयोजना गरेको प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता यस पटक हुन लागेको हो ।

क्लबका अध्यक्ष निर्मल चन्दले हरेक साल यसखाले प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको बताउँदै पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिनुभयो ।

‘हाम्रो क्लबको उद्देश्य सक्षम खेलाडी उत्पादन र डुडुवाका खेलाडीहरुलाई अवसर प्रदान गर्नु हो,’ अध्यक्ष चन्दले समयपत्र डटकमसँग भन्नुभयो, ‘यसका साथै लागू औषध दुव्र्यसनबाट युवाहरुलाई निरुत्साहित गरि समाजको विकासमा प्रेरित गर्नु हो ।’

नकआउट प्रक्रियाद्वारा हुने प्रतियोगिताको बिजेता टिमले यस वर्ष १ लाख ११ हजार १ सय ११ रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपबिजेता हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगितामा म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोेलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता आह्वान समेत गरिसकिएको अध्यक्ष चन्दले बताउनुभयो ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा यस वर्ष हुने प्रतियोगिता मिति २०८१ असोज १८ गतेदेखि संचालन हुने आयोजकले जनाएको छ । १४ वर्ष अघि क्लबले यस्तै फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

युवाहरुलाई खेलतर्फ आकर्षित तथा सामाजिक कार्यमा सहभागि हुन सन्देश दिने भनेर पछि क्लबले यो कार्यक्रमलाई नियमित रुपमा संचालन गर्दै आएको छ ।

Previous articleशैक्षिक सुधारमा राप्ती सोनारी
Next articleसमस्या समाधान गर्न किसान महासंघको ज्ञापन पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here