लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण

बर्दिया । निर्माण सम्पन्न भएकाे लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय बारबर्दिया नगरपालिकावडा नं-५ तर्कापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) को साझेदारीमा संचालित बाल विवाह न्यूनिकरण परियोजना अन्तर्गत निर्माण गरिएको शौचालयकाे उद्घाटनसँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

हातधुने स्थानसहित तीन कोठे शौचालय ब्यवसायिक निर्माण कम्पनीले निर्माण सम्पन्न गरी पुर्णरुपमा संचालनमा ल्याएर विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले निर्मित शौचालय छात्र छात्रा तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज पहुँचयुक्त रहेको छ ।

उक्त शौचालय करिब १४ लाख ३८ हजार रुपैयामा निर्माण गरिएको छ । शौचालयको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले गर्नुभएको थियाे । परियोजनाले शिक्षा क्षेत्रसँगै पालिकाको बिभिन्न बिषयमा सहयोग गरिरहेको छ ।

साे क्रममा बाेल्दै नगर उपप्रमुख पाण्डेले सामाजिक क्षेत्रको विकासमा प्लान ईन्टरनेशल नेपाल र बि ग्रुपको महत्वपुर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बिग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाल विवाह न्यूनिकरणसँगै शिक्षा क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयाे ।

समुदायमा हानिकारक अभ्यासको रुपमा रहेको बाल विवाहलाई न्यूनिकरण गर्ने अभियानलाई सफल बनाउन सबै सचेत नागरिकले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयाे । समुदायमा लुकेर रहेको यौनिकताको बिषयलाई शिक्षाको रुपमा अगाडी बढाउनुपर्नेमा उहाँको जोड थियाे ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले दिगो विकासको लक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताउनुभयो । बारबर्दिया नगरपालिका सन् २०२८ सम्ममा दिगो विकास लक्ष्यको सबै लक्ष्यहरु पुरा गर्ने अभियानमा रहेकाे बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कल्लुराम थारुको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।

Previous articleसमस्या समाधान गर्न किसान महासंघको ज्ञापन पत्र
Next articleकोशी ब्यारेजमा पानीको बहाव उच्च, पैदलयात्रीलाई रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here